सोमबार, साउन ११, २०८३

किन टिक्दैनन् उपमहानगरमा सहसचिव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी–उपमहानगरहरुमा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दखी कायम गरिए पनि प्रदेश १ मा सहसचिव टिक्न सकेका छैनन् । प्रदेश १ का दुई उपमहानगर धरान र इटहरीमा आएका ‘प्रथम ब्याचका’ सहसचिवको सरुवा भएपछि आएका नयाँ प्रशासकीय अधिकृत उपसचिव छन् । 

इटहरी उपमहानगरपालिकामा पहिलोपटक आएका सहसचिव थिए छवि रिजाल । २०७५ साल जेठ ११ गते आएका रिजाल धेरै टिक्न सकेनन् । उनी तिहार बिदा पारेर हिँडेपछि फर्केर आएनन् । अहिले उनी गरिबी निवारण कोषको प्रमुख कार्यकारीका रूपमा कार्यरत छन् । 

तिहारमा गएका सहसचिव नआएपछि इटहरी उपमहानगरको कामकाजमा धेरै समस्या भएको जनप्रतिनिधिले दुःखेसो गरे । आर्थिक हस्ताक्षरको अधिकार प्रमुख प्रशासकीय अधिकृतको भएकाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा धेरै आर्थिक कारोबार ठप्प भएको इटहरीका मेयर द्वारिकलाल चौधरीले बताए । रिजाल गएको एक महिनापछि मात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृत आए । जिल्ला समन्वय समिति मुस्ताङको जिल्ला विकास अधिकारी रहेका उपसचिव केशव विमली मंसिर २८ गते इटहरी आए । 

धरानको पनि उस्तै छ अवस्था । पहिलोपटक जेठ ३० गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका थिए सहसचिव सुमन घिमिरे । आएको ५ महिना पनि पूरा नबसी सहसचिव घिमिरे कात्तिक १२ गते सरुवा मिलाएर धरान छोडे । हाल सहसचिव घिमिरेपछि धरानमा सहसचिवको दरबन्दीमा उपसचिव विनोदकुमार पोखरेल आएका छन् । पोखरेल गत मंसिर २४ गते धरान आएका हुन् । 

आफूहरूले धेरैपटक पहल गर्दा पनि सहसचिव पाउन नसकेको धरान उपमहानगरकी कार्यवाहक मेयर मञ्जु भण्डारीले बताइन् । उनले भनिन्, ‘सहसचिव किन आएनन् भन्ने प्रश्न मन्त्रालयमा सोध्नुपर्ने हो । मन्त्रालयमा सहसचिव नभएकाले बरिष्ठ उपसचिवबाट काम चलाइएको हो ।’

जनप्रतिनिधिसँगको विवादले सहसचिव टिक्दैनन् 

कर्मचारीतन्त्रमा सहसचिव भनेका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी हुन् । उपसचिव भनेका राजपत्रांकित द्वितीय श्रेणिका कर्मचारी हुन् । प्रथम श्रेणिका सहसचिव विशिष्ठ श्रेणीका भनिने सचिव बन्न आवश्यक ‘मार्क’ पाउन विवादमा पर्दा असर हुने सहसचिव नै बताउँछन । 

विवादका कारण बढुवामा समस्या हुन्छ । स्थानीय तहमा धेरै कुरामा विवाद हुन्छ । जनप्रतिनिधिहरुको टकरावका कारण सहसचिवको कार्यक्षमतामा प्रश्नचिह्न आउने सहसचिव बताउँछन ।  हालसालै प्रदेश १ को उपमहानगरबाट सरुवा मिलाएर गएका एक सहसचिवले नाम नछाप्ने सर्तमा भने, ‘जनप्रतिनिधिहरुको टस्सलले काम गर्न असहज हुन्छ ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।