बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

 |  मंगलबार, जेठ ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा कान्तिपुर दैनिकका प्रकाशक कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो।

सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो। उक्त उजुरीबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान अघि बढेसँगै प्रहरीले सिरोहियालाई पक्राउका लागि जिल्ला अदालतबाट मंगलबार अनुमति लिएको हो।

प्रकाशित: May 21, 2024| 12:50 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्