सोमबार, जेठ २६, २०८२

बुबा थलीमा मृत फेला, छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

 |  मंगलबार, जेठ ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

vianetvianet

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन्।

मृत भेटिएका भक्तपुर नगरपालिका–७ छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटीका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नगरकोटीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ। मृतकका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिनुले प्रहरी सशंकित बनेका छन्।

मंगलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो। घटनास्थलमा ब्लेडसमेत फेला परेको छ। प्रहरीले शवको मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: May 21, 2024| 11:20 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्