काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेर कारोबार भइरहेको छ।
आज छापावाल सुन प्रतितोला १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ। चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।