सोमबार, जेठ २६, २०८२

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

 |  मंगलबार, जेठ ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ८, २०८१

vianetvianet

चितवनको कुरिनटारमा माइक्रो बस र टिपर एकआपसमा ठोक्किँदा १३ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ आइरहेको बा ३ ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट गइरहेको बा ४ ख ६४१७ नम्बरको टिपर पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना- ४ कुरिनटारमा मंगलबार बिहान ठोक्किएका थिए। दुर्घटनामा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन्।

घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

माइक्रोबस ओभरटेक गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो। 

प्रकाशित: May 21, 2024| 10:25 मंगलबार, जेठ ८, २०८१
प्रतिक्रिया दिनुहोस्