बिहीबार, पुस १०, २०८२

मेयर बालेनको चेतावनीलगत्तै रिहा भए महानगरका चालक

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन्।

National life

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत चालकलाई तत्काल रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।

उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेको एक घण्टा नबित्दै ती चालकहरू रिहा भएका हुन्। प्रमुख शाहले नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी दिएका छन्।

चालकको रिहाइपछि पुन अर्को स्ट्याटस लेख्दै उनले भनेका छन् ‘जोकोहीले यत्ति बुझ्नुहोला: पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाडौँ महानगर यसमा संवेदनशील छ।’

महानगरले आफ्ना कर्मचारीमाथि हुने अनाहकको अपमान नसहने बालेनको भनाइ छ। ‘अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन। बुझेर कदम चाल्नुहोला,’ उनले भनेका छन्।

Laxmi sunrise bank
kumari

यसअघि उनले फेसबुकबाटै भ्रष्टलाई समाउन नसक्ने सरकारले चालक समाएको भन्दै नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए।

प्रकाशित: May 20, 2024| 19:40 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्