बुधबार, वैशाख २, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बालेनले फेरि दिए सिंहदरबारको फोहोर नउठाउने चेतावनी, पार्टी कार्यालय र नेताको घरको पनि नउठ्ने

बालेनले फेरि दिए सिंहदरबारको फोहोर नउठाउने चेतावनी, पार्टी कार्यालय र नेताको घरको पनि नउठ्ने

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन्।

National life

काठमाडौंको फोहोर बोक्ने गाडीका चार जना चालक समातिएपछि मेयर शाहले यो चेतावनी दिएका हुन्।

उनले फेसबुकमा भनेका छन्, 'भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले। जबसम्म स-सम्मान चालकहरु रिहा हुन्नन्,  सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर उठ्दैन। कोको जुध्न आउने हो, आए हुन्छ । कसैलाई बाँकी छोडिँदैन !'

गत वर्ष वैशाखमा पनि मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जालमा यस्तो लेखेका थिए– ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

त्यसलगत्तै काठमाडौं महानगरले सिंहदरबारको फोहोर उठाउन छोडेको थियो। सिंहदरबारसँगै राष्ट्रपति निवास र सभामुख निवासको फोहोर पनि उठाइएको थिएन।

kumari

प्रकाशित: May 20, 2024| 18:21 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्