सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

 |  सोमबार, जेठ ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

vianetvianet

काठमाडौं- हेलिकप्टर दुर्घटनामा परी इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ।

आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्।

दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ। हेलिकप्टरमा सवार ९ जनाकै मृत्यु भएको छ। दुर्घटनामा राष्ट्रपति सवार बेल-२१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समेत सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै इरानी राष्ट्रपति र विदेशमन्त्रीसँगै सबै यात्रुको मृत्यु भएको जनाएको छ। नाम उल्लेख नगरी इरानी उच्च अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, 'राष्ट्रपति रइसी, विदेशमन्त्री र सबै यात्रुको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ।'

यसअघि इरानी रेडक्रस सोसाइटीका अध्यक्ष पिर हुसेन कोलिवान्दले समेत हेलिकप्टर दुर्घटनास्थलमा कोही पनि जीवित रहेको संकेत देखा नपरेको बताएका थिए। इरानी अर्धसकारी समाचार संस्था मेहर न्युज एजेन्सीले पनि राष्ट्रपति रइसी र विदेशमन्त्रीसँगै अन्य अधिकारी दुर्घटनामा सहिद भएको जनाएको छ।

National life insurance

इरानी सञ्चारमाध्यमहरूका अनुसार आइतबार अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो। स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन्। तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन।

रइसी सन् २०२१ मा इरानको राष्ट्रपति चुनिएका थिए। न्यायिक तथा धार्मिक कुलिन वर्गसँग निकट सम्बन्ध रहेका ६३ वर्षीय रइसीलाई इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको सम्भावित उत्तराधिकारीका रूपमा समेत हेरिएको थियो। रइसी सन् २०१७ मा समेत राष्ट्रपतिका लागि उम्मेदवार बनेका थिए। तर उनी हसन रुहानीसँग पराजित भएका थिए।

रइसी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न थिए। अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ। इरानमा सर्वोच्च नेतापछि राष्ट्रपतीय पद दोस्रो वरीयताको हो।

प्रकाशित: May 20, 2024| 10:52 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्