आइतबार, भदौ २३, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु, पुष्टि हुन बाँकी

nespernesper

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको मृत्यु, पुष्टि हुन बाँकी

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटना भएको स्थानमा कोही पनि जीवित रहेको संकेत नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

triton college

रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको बताएका छन्।

खोज तथा उद्धारमा संलग्न रेड क्रिसेन्टका प्रमुख पिर होसेन कोलिवाण्डले इरानको सरकारी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘हेलिकोप्टर दुर्घटनास्थलमा कोही पनि जिवित रहेको संकेत छैन।’

राहत तथा उद्धार टोली केही समयभित्रै दुर्घटनास्थलमा पुग्ने इरानी समाचार एजेन्सीहरुले जनाएका छन्।

आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको हो। दुर्घटनामा इरानका राष्ट्रपतिसँगै विदेशमन्त्री हुसैन अमिर-अब्दुल्लाहियनको पनि मृत्यु भएको छ।

Metro Mart
vianet

मौसम प्रतिकुल बनेपछि उनीहरु सवार हेलिकोप्टर ल्यान्ड हुन सकेको थिएन। फोर्स ल्यान्डिङका क्रममा हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ। 

उक्त हेलिकोप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमतीसहित अन्य व्यक्तिहरू पनि चढेका थिए। उक्त हेलिकोप्टर इरानी उच्च अधिकारीहरू लिएर उडिरहेका अन्य दुईसमेत गरी तीन हेलिकोप्टरसँगै उत्तरी इरानको यात्रामा थियो।

मन्त्रीहरू र अन्य वरिष्ठ अधिकारी रहेका अन्य दुई हेलिकोप्टर भने सुरक्षित रूपमा गन्तव्यमा पुगेका छन्।
दुर्घटनाग्रस्त क्षेत्रमा ४० भन्दा बढी उद्धार टोली खटाइएको विवरणहरू आएका छन्। त्यसमा आपतकालीन कार्यमा प्रयोग हुने ड्रोनहरूको पनि उपयोग गरिएको थियो।

इरानीहरू उक्त घटनाबाट स्तब्ध भएको र राष्ट्रपतिसहित उनको टोलीका लागि प्रार्थना गरिरहेको विवरण आएका छन्। इरानका विभिन्न सहरका सार्वजनिक स्थलमा निस्किएर मानिसहरूले प्रार्थना गरेका तस्बिरहरू सार्वजनिक भएका छन्।

इरानी राष्ट्रपति इरान-अजरबैजान क्षेत्रबाट उत्तर पश्चिमी इरानमा रहेको तबरिज सहर जाँदै थिए। उनले अजरबैजानसँगको सीमा क्षेत्रमा बनेको एउटा बाँध उद्घाटन गरेका थिए। 

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीइले हेलिकोप्टर दुर्घटनाको विवरण आएपछि इरानीहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन्। उनले उक्त घटनाले देशको काममा कुनै बाधा नपर्ने आश्वासन दिँदै उनले त्यसो भनेका हुन्।

ह्वाइट हाउसका प्रवक्ताका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनलाई पनि उक्त घटनाबारे जानकारी दिइएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले उक्त घटनालाई नजिकबाट हेरिरहेको बताएका छन्।

रुस, अजरबैजान, आर्मेनिया र इराकले उद्धार कार्यमा सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्। रुसले उक्त दुर्घटनाको कारण पत्ता लगाउने गरी अनुसन्धान गर्नका लागि पनि आफूले सहयोग गर्न सक्ने बताएको छ।

यूएईले सहयोगका लागि तयार रहेको बताउँदै यो घडीमा इरानको साथमा रहेको जनाएको छ। टर्कीले पहाडी भूभागमा उद्धार कार्यमा खटिने टोली इरान पठाएको छ। टर्कीका राष्ट्रपतिले उक्त घटनाबाट आफू मर्माहत भएको बताएका छन्। 

प्रकाशित: May 20, 2024| 09:50 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्