आइतबार, भदौ २३, २०८१

nespernesper

यस्तो बन्यो आइपिएलको प्लेअफ समीकरण

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ समीकरण पूरा भएको छ।

triton college

गएराति लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँडेपछि प्लेअफ समीकरण पूरा भएको हो।

गएरातिको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टोलीले एक/एक अंक बाडेका हुन्।

अंक तालिकामा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, सनराइजर्स हैदरावाद दोस्रो स्थानमा, तेस्रो स्थानमा राजस्थान रोयल्स र चौथो स्थानमा रोयल च्यालेञ्जर्स बैंगलुरू छन्।

पहिलो र दोस्रो स्थानमा रहेका कोलकाता र हैदरावादले प्लेअफ खेल्नेछ। खेल भोलि साँझ पौने ८ बजे नरेन्द्र मोदी स्टेडियममा हुनेछ। जित्ने टिम फाइनल पुग्नेछ। 

Metro Mart
vianet

त्यस्तै तेस्रो स्थानको राजस्थान र चौथो स्थानको बैंगलुरूले बुधबार एलिमिनेटर खेल्नेछ।  

एलिमिनेटरमा पराजित हुने टिम आइपिएलबाट बाहिरिनेछ भने जित्ने टिमले क्लालिफायरमा पराजित भएको टिमसँग फाइनलमा पुग्नका लागि खेल्नेछ।

प्रकाशित: May 20, 2024| 07:59 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्