बिहीबार, वैशाख ३, २०८३

वर्षाले खेल रद्द हुँदा राजस्थान र कोलकाताले अंक बाँडे

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौं- इन्डियन प्रमियर लिग (आईपीएल)को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ।

National life

गुआहाटीको बार्सापरा रंगशालामा आइतबार राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक बाँडेका छन्।

कोलकाताले पहिला नै क्वालिफायर १ खेल्ने पक्का गरेको थियो। क्वालिफायर १ खेल्नका लागि राजस्थानलाई जित्नै पर्ने दबाब रहेको खेल वर्षाका कारण प्रभावित भएपछि अब एलिमिनेटर खेल्नुपर्ने भएको छ। आइतबार लामो प्रतीक्षापछि केवल टस सम्भव भयो, जसमा कोलकाताले टस जितेर पहिले बलिङ रोजेको थियो। तर, लगत्तै पानी परेपछि खेल रद्द भयो। खेल रद्द भएपछि दुवै टोलीले एक/एक अंक पाए पनि राजस्थान रोयल्स दोस्रो स्थान गुमाउँदै तेस्रो स्थानमा झरेको छ।

कोलकाताको खेलको नतिजा जस्तोसुकै भए पनि पहिलो स्थानमा रहने निश्चित थियो। तर, राजस्थानले जित निकाल्दै १८ अंकसहित दोस्रो स्थानमा उक्लने मौका पाए पनि एक अंक मात्र पाउँदा १७ अंकमात्रै बनायो।

सनराइजर्स हैदरावादको पनि त्यति नै अंक छ। तर, सनराइजर्स हैदरावादको नेट रन रेट राम्रो छ। जसका कारण हैदरावाद दोस्रो स्थानमा उक्लिदा राजस्थान रोयल्स तेश्रो स्थानमा नै चित्त बुझाउन बाध्य भयो।

kumari

प्रकाशित: May 20, 2024| 07:55 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्