आइतबार, भदौ ७, २०८३

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक म्यानचेस्टर सिटीलाई

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

काठमाडौँ- इङ्गलिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।

लिगको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जितेको हो।

म्यानचेस्टर सिटीले आठौँ पटक प्रिमियर लिगको उपाधि जितेको छ। साथै म्यानचेस्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ। 

यस सिजनको अन्तिम खेलपछि सिटीले ३८ खेलमा ९१ अंक जोड्यो। त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३८ खेलमा ८९ अंक रह्यो। 

लिभरपुलले ८२ अंकसहित तेस्रो स्थान हासिल गर्यो। एस्टन भिल्ला ६८ अंकसहित चौथो तथा टोटनह्याम हट्सपर ६६ अंकसहित पाँचौँ भयो। लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन्।

प्रकाशित: May 20, 2024| 07:52 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्