शुक्रबार, जेठ २३, २०८२

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त

 |  आइतबार, जेठ ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

vianetvianet

काठमाडौं- इरानका राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ।

बीबीसीका अनुसार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान लगायत सवार हेलिकप्टर दुर्घटनामा परेको हो। 

राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा एक बाँध उद्घाटनपछि तबरेज सहरतर्फ प्रस्थान गर्दै थिए। उद्धारका लागि हेलिकप्टरसहितको टोली पठाइसकिएको छ। बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको समेत इरानी समाचार संस्थाले जनाएको छ। राष्ट्रपति रइसी सवारसहित ३ हेलिकप्टर सँगै भए पनि २ वटा हेलिकप्टर भने सकुशल अवतरण भएको समाचारमा उल्लेख छ।

स्थानीय सञ्चारमाध्यमले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्स ल्यान्डिङ गरेको समेत जनाएका छन्। तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन। राष्ट्रपति रइसीको अवस्थाबारे पनि अहिलेसम्म स्पष्ट रूपमा केही जानकारी आएको छैन।

प्रकाशित: May 19, 2024| 21:49 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्