बुधबार, चैत १८, २०८२

आइपीएलको अक्सन आज हुँदै, ३४६ खेलाडी लिलामीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को १२औं सिजनका लागि मंगलबार खेलाडीको अक्सन हुँदैछ । विश्व भरीका ३ सय ४६ खेलाडीको अक्सन हुन लागेको हो । अक्सनमा ९ जना खेलाडीको न्यूनतम मूल्य २ करोड रहेको छ ।

जसमा न्यूजिल्याण्डका पूर्व कप्तान बेन्डन म्याकुलम, इंग्ल्याण्डका अलराउण्डर क्रिस बोक्स, श्रीलंकका फास्ट बलर लासिथ मालिांका, अष्ट्रेलियाका शान मार्श, डी आर्सी शट, न्यूजील्याण्डका कोरी एन्डरसन, कालिन इंग्राम र इंग्ल्याण्डका सैम करन समावेश छन् । खेलाडी अक्सन नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि जयपुरमा सुरु हुने छ ।

यसैगरी १ करोड ५० लाख न्यूनतम मूल्य तोकिएका खेलाडीमा भारतका एकजना मात्रै परेका छन् भने ९ जना भारत बाहिरका खेलाडी छन् । लिलामीको सबैभन्दा बढी मूल्य भारतीय तिब्र गतिका बलर जयदेब उनादकट रहेका छन् । 

उनको न्यूनतम मूल्य १ करोड ५० लाख भारु तोकिएको छ । उनी गत सिजमा राजस्थान रोयल्सबाट १ करोड १५ लाखमा खेलेका थिए । उनी गत सिजनमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको २९ औं स्थानमा रहेका थिए ।

१५ खेलमा जम्मा ११ विकेट लिन सफल भएका थिए । यसैगरी किंग्स इलेवन पञ्जाबका पूर्व अलराउण्डर युवराज सिंह र स्पिनर अक्षर पटेलको मूल्य १ करोड तोकिएको छ । यसैगरी विकेटकिपर ऋद्धिमान साहा र मोहम्मद शामीको मूल्य पनि १ करोड तोकिएको छ । 

पछिल्लो सिजमा युवराजलाई २ करोडमा पञ्जाबले खरिद गरेका थियो । तर उनले ८ खेलमा जम्मा ६५ रन बनाएका थिए । यस्तै अनक्याप्ड खेलाडीको रुपमा २०१ जना भारतीय तथा २७ विदेशी खेलाडीहरुलाई लिलामीका लागि राखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।