आइतबार, भदौ २३, २०८१

nespernesper

आईपीएल लिग चरणको अन्तिम खेलमा पञ्जाबलाई हैदराबादले हरायो

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ।

triton college

पञ्जाबले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य हैदराबादले ६ विकेटको क्षतिमा ५ बल अगावै पछ्यायो।

विशाल योगफल पछ्याउने क्रममा अभिषेक शर्माले विस्फोटक इनिङ्स खेल्दै २८ बलमा ६६ रनको योगदान दिए । उनले यसक्रममा ५ चौका र ६ छक्का हाने।

यसअघि पहिलो ब्याटिङ गरेको पञ्जाबले प्रभसिमरन सिंहको शानदार अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो । सिंहले मात्र ४५ बलमा ७ चौका र ४ छक्का हाने।

जितपछि हैदराबाद १४ खेलबाट १७ अङ्क बटुल्दै अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने १० अङ्कमा सीमित बन्दै पुछारबाट दोस्रो स्थानमा सिजन अन्त्य गरेको छ ।

Metro Mart
vianet

प्रकाशित: May 19, 2024| 19:44 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्