आइतबार, भदौ ७, २०८३

चेन्नईलाई हराउँदै बेंगलोर आईपीएलको प्लेअफमा

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

साविक विजेता चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ।

शनिबार राति भएको खेलमा चेन्नईलाई २७ रनले पराजित गर्दै बेंगलोरले यस सिजनको आईपीएलको प्लेअफ यात्रा तय गरेको हो।

यो हारसँगै चेन्नई भने प्रतियोगिताबाट बाहिरिएको छ। चिन्नस्वामी रंगशालामा पहिले ब्याटिङ गर्दै घरेलु टोली बेंगलोरले आठ विकेटको क्षतिमा २१८ रन बनाएको थियो।

जवाफमा चेन्नाईले सात विकेट गुमाउँदै १९१ रन मात्र बनाउन सक्यो। दुवै टोली समान १४ अंकमा रहे पनि बेंगलोरले रन रेटको आधारमा प्लेअफ पुगेको हो।

प्लेअफ पुग्नका लागि बेंगलोरले लगातार ६ खेल जितेको छ। अब बेंगलोरले बुधबार इलिमिनेटर खेल्नेछ। यसअघि कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले प्लेअफ खेल्ने निश्चित भइसकेको छ।
 

प्रकाशित: May 19, 2024| 07:15 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्