शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • तस्बिर खिचाउँदा देउवाको ठट्टा : मास्क खोल्न मिल्दैन, आँखाको भाषामै हासौँ

तस्बिर खिचाउँदा देउवाको ठट्टा : मास्क खोल्न मिल्दैन, आँखाको भाषामै हासौँ

बैठक जारी रहेकै बेला पत्रकारहरुलाई तस्बिर खिच्न बोलाइयो। पत्रकारहरू पनि क्यामेरा लिएर बैठकस्थलतर्फ लागे। यसपछि ठट्यौली सुरु भयो।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले ठट्टा गरेका छन्। तस्बिर खिचाउने विषयमा देउवाले ठट्यौली गरेका हुन्। 

बैठक जारी रहेकै बेला पत्रकारहरुलाई तस्बिर खिच्न बोलाइयो। पत्रकारहरू पनि क्यामेरा लिएर बैठकस्थलतर्फ लागे। यसपछि ठट्यौली सुरु भयो। 

पत्रकारहरू तस्बिर खिचिरहेकै थिए। बैठकमा सहभागी नेता मीनेन्द्र रिजालले ठट्यौली सुरु गरे। उनले पत्रकारहरूलाई सोधे- मुस्कानसहितको तस्बिर खिच्न पर्ने हो?'

पत्रकारहरु आफ्नै धुनमा फोटो खिच्ने हतारोमा थिए। लाइट मिलाएर राम्रो फोटो खिच्ने ध्यान केन्द्रित गरेका थिए। 

त्यससछि ठट्यौलीलाई जारी राखिदिए प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले। मुडमा देखिएका देउवाले फोटो खिचाउनका लागि उत्साहित भएर भने, 'हाँसेर फोटो खिच्न पर्ने! मास्क खोल्न मिल्दैन। आँखाको भाषामै हासौँ।'

देउवाले उक्त कुरा बताएपछि बलबहादुर केसीले पुन ठट्यौलीलाई निरन्तरता दिए। उनले देउवालाई सोधे, 'के हो आँखाको भाका र भाषा? म त केही बुझ्दिनँ त!'

देउवा ठट्यौलीबाट पछि हट्ने मुडमै थिएनन्। लगत्तै भनिदिए, 'आँखाको भाषा सबैभन्दा बढ्ता बुझ्ने बलबहादुरजी नै हो।'

यसपछि पनि फोटो खिचाउने क्रम केही छिनका लागि जारी भयो। 

प्रकाशित: Aug 14, 2021| 18:42 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...