बिहीबार, जेठ २१, २०८३

लिग चरणको अन्तिम खेलमा दिल्लीले लखनउलाई हरायो

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ।

National life

घरेलु मैदानमा सोमबार राति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो। २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रनमात्रै बनायो। 

पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो। अभिषेक पोरेलले ५८, ट्रिस्टन   स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे।

लखनउका नवीन उल हकले २, अर्शद खान र रवि विश्नोइले एक/एक विकेट लिए।

दिल्लीले लिग चरणका सबै खेल सकेर १४ अंक जोडेको छ भने पराजित भएको लखनउले एक खेल खेल्न बाँकी छ र १२ अंक जोडेको छ।

Shivam cement

यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ। लखनउले बाँकी एक खेलमा ठुलो अन्तरले जित निकालेमा सम्भावना बाँकी हुनेछ भने दिल्ली औपचारिक रुपमा बाहिरिन बाँकी छ।

प्रकाशित: May 15, 2024| 07:12 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्