आइतबार, भदौ ७, २०८३

म्यानचेस्टर सिटी लगातार चौथो उपाधिनजिक

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौँ— इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ। जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ। नर्वेली खेलाडी हालान्डले ५१ औं मिनेटमा पहिलो गोल गरे।

त्यसपछि दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे। यो जितपछि पेप ग्वार्डिओलाको सिटीले लिग तालिकाको शीर्षमा आर्सनलमाथि दुई अंकको अग्रता लिएको छ।

लिगमा अब एकै चरणका खेल मात्र बाँकी छ। अन्तिम चरणको खेलमा सिटीले वेस्ट ह्यामको सामना गर्नेछ भने आर्सनल एभर्टनसँग भिड्नेछ। अन्तिम खेलमा विजयी रहे सिटीलाई अर्को खेलमा आर्सनलको नतिजाको कुनै अर्थ रहने छैन। अहिलेसम्म इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा कुनै टिमले लगातार चार पल्ट लिग उपाधि जितेको इतिहास छैन। 

प्रकाशित: May 15, 2024| 07:03 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्