शुक्रबार, जेठ १, २०८३

पशुपति र मञ्जुले ल्याए ‘गाह्रो हुन्छ फेरी...’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – पशुपति शर्मा र मञ्जु पौडेलले गाह्रो हुन्छ फेरी बोलको गीत बजारमा ल्याएका छन्। यसअघि थुप्रै चर्चित दिइसकेका उनीहरुले यसपटक ‘गाह्रो हुन्छ फेरी’ बोलको गीत बजारमा ल्याएका ह्न्। 

गायिका पौडेलले झनै मेहेनेत गरेर गीतलाई उत्कृष्ठ बनाउन खोजिएको बताएकी छन्। यो गीतमा रोचक सम्वादका गर्दै स्रोतालाई फरक शैली र फरक स्वाद दिन खोजिएको उनले बताइन्। गीतमा सङ्गीत, स्वर, दृश्य निर्माणलगायत सबै पक्षमा अत्यन्तै मेहनत गरिएको उनको भनाई छ। 

युवा वर्गलाई लक्षित गरि बजारमा ल्यायीएको गीतमा माया प्रेमका कुरालाई मिठो रुपमा प्रस्तुत गरिएको छ। गीतमा सङ्गीतकार अर्जुन पोखरेलले संगीत भरेका छन्।  युवा अवस्था र कलेज जीवनका प्रेमिल पलहरूलाई रोमान्चक रुपमा देखाइएको गीतको भिडियोको निर्देशन विवेक खड्काले गरेकाका छन् भने शब्द यादव लम्सालले तयार परेका छन्। 

गीतलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको छ। गायिका पौडेलले गीतले राम्रो चर्चा बटुल्नेमा आफु विश्वस्त रहेको बताएकी छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्