बिहीबार, फागुन १४, २०८२

'रामायण' मा मेहनत गर्दै रणवीर 

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं- ‘एनिमल’ पछि रणवीर कपुर अहिले नितिश तिवारीको पौराणिक फिल्म ‘रामायण’ मा आफ्नो चरित्रलाई पर्फेक्ट बनाउन मेहनत गरिरहेका छन्। यो फिल्मका लागि उनले आफ्नो तौल, लुक र भाषामा निकै मेहनत गरेको देखिएको छ।

National life

‘रामायण’ को सेट मुम्बईको फिल्म सिटीमा छ। निर्माताले मार्च अन्तिमदेखि फिल्मको छायांकन गरिरहेका छन्। सेटबाट रणवीर कपुर, लारा दत्त र साई पल्लवीको क्यारेक्टरको तस्बिर लिक भएको छ। 

रामायणमा रणवीर कपुरले राम र साई पल्लवीले सीताको भूमिका निभाइरहेका छन्। सेटबाट यी दुवैको तस्बिर लिक भएपछि फ्यानहरूको जिज्ञासा बढेको छ। 
तर, फिल्मका कलाकारको फर्स्ट लुक सार्वजनिक हुनुअघि नै दुई ठुला कम्पनीबिच फिल्मको बौद्धिक सम्पत्तिको अधिकारलाई लिएर विवाद भएपछि फिल्म कानुनी समस्यामा फसेको छ।

मधु मन्टेनाको कम्पनी अल्लु मन्टेना मिडिया भेन्चर्स एलएलपी र प्राइम फोकस टेक्नोलोजी लिमिटेडबिच ‘रामायण’ शीर्षकको अधिकारलाई लिएर विवाद भएको हो। 
दुई कम्पनीबीच हालै वार्ता भएको थियो। प्राइम फोकस टेक्नोलोजिज लिमिटेडले पूर्ण भुक्तानी नगरेका कारण ‘रामायण’ को बौद्धिक सम्पत्ति अधिकार प्राप्त गर्न असफल भएको छ।

अल्लु मान्टेना मिडिया भेन्चर्स एलएलपीले रामायणको अधिकार अझै पनि आफ्नो सम्पत्ति रहेको दाबी गरेको छ। उसले प्राइम फोकस टेक्नोलोजी वा फिल्म निर्माणसँग सम्बन्धित कुनै कम्पनीले पटकथा र सामग्री प्रयोग गरेमा प्रतिलिपि अधिकार हनन् हुने उल्लेख गरेको छ।

Laxmi sunrise bank

प्रकाशित: May 12, 2024| 20:10 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्