शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आईपीएलमा राजस्थानलाई हरायो चेन्नईले, प्लेअफको सम्भावना बलियो

 |  आइतबार, वैशाख ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको ‘डबल हेडर’ को पहिलो खेलमा चेन्नई सुपर किंग्सले अंक तालिकामा दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफको सम्भावना बलियो बनाएको छ।

triton college

घरेलु समर्थकमाझ राजस्थानलाई हराएसँगै चेन्नई १३ खेलबाट १४ अंक बनाएर तेस्रो स्थानमा रहेको छ। जारी लिगमा कोलकाता १२ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा रहँदै छनोट हुँदा बाँकी तीन टिम प्लेअफका लागि ७ टिम प्रतिस्पर्धामा रहेका छन्।

आइतबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा उक्त लक्ष्य चेन्नईले १८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

अब चेन्नईले लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ। आजको दोस्रो खेलमा दिल्लीलाई पराजित गरेमा बैंगलोरको सम्भावना पनि कायम रहने छ।

प्रकाशित: May 12, 2024| 20:07 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्