शुक्रबार, जेठ १, २०८३

मिस युनिभर्स बनिन् क्याट्रिओना, नेपालकी मनिता उत्कृष्ट १०

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - ‘मिस युनिभर्स २०१८’ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले पहिरेकी छन्। सोमबार थाइल्यान्डको बैंककमा भएको फाइनलमा प्रतिस्पर्धामा क्याट्रिओना मिस युनिभर्सको ताज जितेकी हुन्।

योसँगै २४ वर्षीया क्याट्रिओना फिलिपिन्सबाट युनिभर्सको ताज जित्ने चौथो सुन्दरी बन्न सफल भएकी छन्। यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सका सुन्दरीले मिस युनिभर्स ताज जितिसकेका छन्। 

प्रतियोगितामा नेपालकी मनिता देवकोटा पनि सहभागी थिइन्। मनिता भने उत्कृष्ट १० सम्म मात्र पुग्न सकिन्। 

फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरी भए।







प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्