आइतबार, जेठ २५, २०८२

जलविद्युत् आयोजनाले कालीगण्डकीको घाट संकटमा

 |  बिहीबार, वैशाख २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

vianetvianet

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्किनीस्थित कालीगण्डकी किनारमा रहेको आर्यघाट सङ्कटमा परेको छ। निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका कारण तिल्किनीको उपल्लो आर्यघाट अतिक्रमण हुँदा साँघुरो हुनुका साथै फोहर व्यवस्थापन मुख्य समस्या बन्दै गएको हो।

ठेकेदार कम्पनी जेपी एसोसियट्सको लापरबाहीका आर्यघाट अतिक्रमण हुँदा साँघुरिनुका साथै जथाभावी फोहर जम्मा भएको स्थानीय बताउँछन्।

जलविद्युत् आयोजनाको विद्युत्गृह क्षेत्रका लागि वर्कसप सञ्चालन गर्न फलामे टसको पूर्वाधार बनाउन सहमति दिइएको भए पनि ठेकेदार कम्पनीले घाटको विश्रामस्थलतर्फको जमिनलाई अतिक्रमण गरेर संरचना बनाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

उनका अनुसार आयोजनाको सहजताका लागि घाट नजिकै अस्थायी संरचना बनाउन दिइएको भए पनि थप जग्गा अतिक्रमण गरेको र घाट नजिकैको मलामी विश्रामस्थलको जमिनमा ढुङ्गा र माटो थुपारेर घाटलाई नै सङ्कटमा पार्ने काम भएको छ।

आयोजनाका लागि वर्कसप बनाउन टस भवन निर्माण भएपछि घाट जान वैकल्पिक गोरेटो बाटो बनाइएको थियो। उक्त पदमार्गमा समेत आयोजनाले ढुङ्गा र माटो जथाभावी फालेर जीर्ण र जोखिमयुक्त बनेको अध्यक्ष भण्डारीले बताए।

National life insurance

रघुगङ्गा गाउँपालिका, रघुगङ्गा हाइड्रोपावर कम्पनी, जेपी एसोसियट्स र सो आर्यघाट प्रयोग गर्ने समुदायबीच तीन वर्ष अगाडि तिल्किनी उपल्लो आर्यघाटमा जमिनको लम्बाइ तथा चौडाइअनुसार प्रतिक्षालय निर्माण गर्ने सम्झौता भए पनि अहिलेसम्म उक्त सहमति कार्यान्वनय भएको छैन।

रघुगङ्गा गाउँपालिकाले आर्यघाट परिसरमा आयोजनाले राखेको ढुङ्गा तथा माटो खाली गर्न र घाट क्षेत्रमा अतिक्रमण गरेको जमिनलाई खाली गर्न निर्देशन दिएको छ। जलविद्युत्को विद्युत्गृह रहेको तिल्किनीमा तीन वटा घाट छन्।

आयोजनाको पूर्वाधार निर्माणका क्रममा तीनवटै घाट प्रभावित बनेको स्थानीयबासी बताउँछन्। ती घाटहरुमा रघुगङ्गा–२ र ३ वडामा दिवङ्गत भएकाहरुलाई अन्तिम संस्कारका लागि प्रयोगमा ल्याउने गरिएको छ। रासस

प्रकाशित: May 09, 2024| 21:01 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्