शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजीनामा दिएकाहरूको माग सम्बोधन हुन्छ, राजीनामा स्वीकृत गर्दिनँ : शेरबहादुर देउवा

राजीनामा दिएकाहरूको माग सम्बोधन हुन्छ, राजीनामा स्वीकृत गर्दिनँ : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिएका केन्द्रीय सदस्यहरूको माग सम्बोधन हुने तर राजीनामा भने स्वीकृत हुने बताएका छन्।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिएका केन्द्रीय सदस्यहरूको माग सम्बोधन हुने तर राजीनामा भने स्वीकृत हुने बताएका छन्। बिहीबारदेखि आफ्नै निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकका क्रममा सभापति देउवाले यस्तो बताएका हुन्। 

शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक चल्दाचल्दै राजीनामा बुझाएका बाइसै जना आमन्त्रित केन्द्रीय सदस्यहरूले राजीनामा दिएका थिए। यसपछि बैठकस्थलको माहोल तातेको थियो। 

'हिजो राजीनामा बुझाउने आमन्त्रित केसहरूलाई शनिबार बोलाएको थिएँ। राजीनामा फिर्ता लिन भनेको छु। उनीहरुमा माग सम्बोधन हुन्छन्। तर राजीनामा भने स्वीकृत गर्दिनँ।' 

आमन्त्रित केन्द्रीय सदस्यहरूसँगको भेटमा आफू माग सम्बोधन गर्न सकारात्मक भएको तर रामचन्द्र पौडेलले नमानेको उनले बताएका थिए। 'रामचन्द्रले मानेनन्, म लड्छु,' आफूले भनेको कुरा दोहोर्‍याउँदै उनले भने, 'माग सम्बोधन हुन्छ भनेको छु। राजीनामा स्वीकृत हुँदैन। गर्दिनँ।'

शुक्रबार राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यहरू भने बैठकमा सहभागी भएका छैनन्। 

प्रकाशित: Aug 14, 2021| 18:26 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...