सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अग्निपीडितलाई नेपाल लाइफ इन्स्योरेन्सको राहत सामग्री

अग्निपीडितलाई नेपाल लाइफ इन्स्योरेन्सको राहत सामग्री

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण गरेको छ । कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर– ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारलाई सहयोगस्वरूप राहत सामग्री हस्तान्तरण गरेको हो ।

triton college

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडाध्यक्ष कलिम राइन तथा कम्पनीका कर्मचारीले पीडितलाई प्रत्येक घर एक थान साडी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले यसप्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घरपरिवारलाई सहज हुने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष राइनले आगलागीबाट लत्ताकपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने धारणा राखे । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको बताए ।

कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बिमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित: May 09, 2024| 12:29 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्