सोमबार, भदौ ८, २०८३

अष्ट्रेलिया अध्ययन अझै महँगो

 |  बिहीबार, वैशाख २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २७, २०८१

काठमाडौं- अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ।

विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउन सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्ने क्रममा विद्यार्थीले जम्मा गर्नुपर्ने रकम बढाइएको हो।

यही शुक्रबार (१० मे) देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिसा प्राप्त गर्न कम्तिमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनुपर्छ। कोभिडको प्रतिबन्धपछि अत्यधिक बढेका विदेशी विद्यार्थीको भिसा अनुमति अनुपात घटाउन नयाँ आप्रवासन रणनीति अन्तर्गत अष्ट्रेलियाले अङ्ग्रेजीमा बढी स्कोरदेखि त्यहाँ बसाइ लम्ब्याउने यसअघिको व्यवस्थामा कडाइ गरिसकेको छ।

रोयटर्सका अनुसार अष्ट्रेलियाकी गृह मामिला मन्त्री क्लेयर ओनिलले ३४ शिक्षा प्रदायकहरूलाई गलत तरिकाले विद्यार्थी भर्ना गरेको चेतावनीसहित पत्र पठाइसकेको बताएकी छन्। विद्यार्थी भर्नामा नक्कली काम गरेको पाइएमा उनीहरूलाई दुई वर्षसम्मको जेल सजाय र विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउन सकिने उनले चेतावनी दिएकी छन्। विद्यार्थीको शोषण गर्ने र अष्ट्रेलियाको शैक्षिक प्रतिष्ठा धमिल्याउने गतिविधिलाई कुनै स्थान नदिने उनले स्पष्ट पारेकी छन्।

आर्थिक व्यवस्थामा कडाइसँगै अब अष्ट्रेलियामा परिवारका सदस्यका साथ विद्यार्थी भिसा प्राप्त गर्न आवश्यक ८४ लाख ५४३ अष्ट्रेलियन डलरलाई बढाएर १ लाख २ हजार पाँच सय बनाइएको छ।

प्रकाशित: May 09, 2024| 09:39 बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्