शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजस्व संकलन

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजस्व संकलन

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

झापा- मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजार रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

National life

भन्सार अधिकृत रामप्रसाद ढुंगानाले चालु आव २०८०/०८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार रूपैयाँ बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसमान निर्यात भएको जानकारी दिए।

उनले अघिल्लो आव २०७९/०८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले ऋणात्मक हुँदा निर्यात भने १५ दशमलव ९६ प्रतिशतले बढेको बताए।

काँकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरुमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरु, जिप्सम, कपडा, फलफूल (जुस समेत)लगायत छन्।

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा विरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिंकरलगायतका रहेका भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 08, 2024| 21:01 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्