शुक्रबार, जेठ २२, २०८३

लक्ष्मी सनराइज बैंकका दुई शाखा सारिए

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१
National life
Shivam cement

लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो दुईवटा शाखा स्थानान्तरण गरेको छ।

काठमाडौं महानगरपालिका– १७ खुसिबुमा अवस्थित दुई शाखामध्ये एक शाखा  नागार्जुन नगरपालिका– १६ स्थित खरिबोट वनस्थलीमा स्थानान्तरण गरिएको छ। त्यसैगरी, काठमाडौं महानगरपालिका– २६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्कनजिकै ल्होत्से मलमा स्थानान्तरण गरिएको छ।

स्थानान्तरण गरिएका साबिकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ।

प्रकाशित: May 08, 2024| 16:13 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्