शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आय विवरण नबुझाउने मकवानपुरका करदाता कारबाहीमा पर्ने

आय विवरण नबुझाउने मकवानपुरका करदाता कारबाहीमा पर्ने

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

बागमती- आन्तरिक राजस्व कार्यालय हेटौँडाले वार्षिक आय विवरण नबुझाउने करिब १७ हजार करदातालाई कारबाही प्रक्रिया अघि बढाएको छ। करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये करिब ५० प्रतिशत करदाताले वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारी कारबाही अघि बढाएको हो।

National life

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन्।

'आर्थिक वर्ष २०७९/८० र सो भन्दा अघिल्लो आर्थिक वर्षको आय विवरण नबुझाउने करिब १७ हजार करदाता छन्', प्रमुख कर अधिकृत तुलसीप्रसाद भट्टराईले भने, 'त्यसैले आयविवरण नबुझाउने करदाताको अभिलेख तयार पारेर कारबाही प्रक्रिया सुरु गरेका छौँ।' पहिलो चरणमा आय विवरण नबुझाउने करदाताहरुलाई कार्यालयबाट प्रदान गरिने सेवा सुविधाहरु उपलब्ध नगराईने उनको भनाइ छ। 

यसका साथै ती करदाताहरुको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाको १० वटै पालिकालाई पत्राचार गरिएको छ। व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसाय बिक्री गरिसकेको कारण आयविवरण नबुझाउनेको सङ्ख्या धेरै देखिएको हुन सक्ने उनको अनुमान छ।

कार्यालयले लामो समयदेखि कर नबुझाउने एक सय जना करदातामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ। दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत भट्टराईले बताए। कर नबुझाएका करदाताबाट करिब रु ६२ करोड ३९ लाख भन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ। सबै रोक्का भएपछि केही करदाता कर बुझाउनसमेत आएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

नियमित बजार अनुगमन थालेपछि आर्थिक वर्ष २०७९/८० मा करदाता बढेका छन्। मकवानपुरमा व्यावसायिक ३३ हजार र व्यक्तिगत ६५ हजार करदाता छन्। रासस

प्रकाशित: May 08, 2024| 19:01 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्