सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भारतीय नागरिकले फोन पेको क्यूआरबाट सानिमा बैंकमा भुक्तानी गर्न सक्ने

भारतीय नागरिकले फोन पेको क्यूआरबाट सानिमा बैंकमा भुक्तानी गर्न सक्ने

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

काठमाडौं- नेपाल आउने भारतीय नागरिकले फोन पेको क्यूआरमार्फत सानिमा बैंकको खातामा भुक्तानी गर्न सक्ने भएका छन्। सानिमा बैंकले यसका लागि फोन पे पेमेन्ट सर्भिससँग सहकार्य गरेको बताएको छ।

यस सहकार्यअन्तर्गत भारतीय नागरिकले भारतको फोन पे, भीम एप र यूपीआईमार्फत् नेपालको फोन पेको क्यूआरकोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

यो सहकार्यले नेपाल भ्रमण गर्ने भारतीय नागरिकले नेपालमा सुरक्षित र झन्झटमुक्त डिजिटल भुक्तानी गर्नसक्ने बैंकको विश्वास छ। देशका सातवटै प्रदेशमा सानिमा बैंकका १३३ कार्यालय र १२४  एटीएम रहेका छन्।
 

प्रकाशित: May 08, 2024| 13:15 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्