सोमबार, भदौ ८, २०८३

दश करोड भारुसम्म पारिश्रमिक लिन्छन् यी दक्षिण भारतीय अभिनेत्री

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

दक्षिण भारतीय फिल्मले पछिल्लो समय विश्वव्यापी रूपमै राम्रो व्यापार गरिरहेका छन्। साउथ फिल्मसँगै कलाकारहरूको पनि उत्तिकै चर्चा छ। उनीहरु पारिश्रमिक पनि चर्कै लिन्छन्। 

पछिल्लो समय दक्षिण भारतीय अभिनेत्रीहरूले पनि महँगो पारिश्रमिक लिन थालेका छन्।

साउथमा सबैभन्दा महँगी अभिनेत्री हुन् नयनतारा। दक्षिण भारतकी लेडी सुपरस्टारको रूपमा परिचित उनी एक फिल्मको लागि निकै महँगो पारिश्रमिक लिन्छिन्। भारतीय मिडियाको रिपोर्टअनुसार उनी एक फिल्मको लागि १० करोड भारूसम्म पारिश्रमिक लिन्छिन्।

महँगो पारिश्रमिक लिने अभिनेत्रीमा पूजा हेगडे पनि पर्छिन्। उनी एक फिल्मबाट ५ करोड भारू लिन्छिन्।

यसैगरी सामान्था रुथ प्रभु एक फिल्मबाट ३ देखि ५ करोड भारू पारिश्रमिक लिन्छिन्। उनले 'पुष्पा' को एउटा आइटम गीतको लागि ५ करोड भारू लिएको चर्चा छ।

अर्की डिमान्डेड अभिनेत्री हुन् रश्मिका मन्दना। उनलाई नेशनल क्रश पनि भनिन्छ। उनलाई २०२० मा गुगलले नेशनल क्रश घोषित गरेको थियो। उनी छोटो समयमै चर्चा पाउने अभिनेत्री पनि हुन्। उनी एक फिल्मबाट ३ करोड भारू लिन्छिन्। 

प्रकाशित: May 07, 2024| 17:17 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्