मंगलबार, वैशाख १, २०८३

सभामुखलाई गृहमन्त्री लामिछानेको पत्र- संसद्‍मा बोल्न पाऊँ

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा बोल्न पाउनुपर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन्।

National life

गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नका जवाफ दिनका लागि संसद्‍मा बोल्न अनुमति दिन सोमबार सभामुख घिमिरेलाई पत्र लेखेका हुन्।

‘यही २८ गतेबाट चालु हुने अधिवेशनको प्रारम्भिक दिनहरूमा संसद्‍मा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाइदिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरी र जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनि महान्यायाधिवक्ता कार्यालयबाट मलाइ जानकारी गराइएको पत्र यसैसाथ संलन्ग गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु,’ पत्रमा लामिछानेले लेखेका छन्।

लामिछानेले आफूमाथि लागेका आरोपबारे महान्यायाधिवक्ता कार्यालयमा समेत निवेदन दिएका थिए। सहकारी सम्बन्धी कुनै उजुरी परेको, अनुसन्धान भएको वा अभियोग पत्र दायर भएको भए सोही कुरा र सो सम्बन्धमा कुनै संलग्नता नदेखिएको भए जानकारी पाऊँ भनेर उनले महान्यायाधिवक्ताको कार्यालय समक्ष निवेदन दिएका थिए।

kumari

 

प्रकाशित: May 07, 2024| 14:48 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्