बुधबार, वैशाख २, २०८३

सभामुखले डाकेको बैठक निष्कर्षविहीन, कांग्रेसको अडान कायमै

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

National life
kumari

काठमाडौं- सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठक बिनानिष्कर्ष टुंगिएको छ। छलफलमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा आफूहरुले पुरानै अडान राखेको प्रमुख सचेतक रमेश लेखकले बताए। उनले भने, ‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौं। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ। राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौं। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौं।’

संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले निरन्तर सदन अवरोध गर्दै आएको छ। कांग्रेसको अवरोधकै बीच संसद्‍को हिउँदे अधिवेशन अन्त्य भएको थियो। बर्खे अधिवेशन यही वैशाख २८ गतेदेखि सुरु हुँदैछ।

प्रकाशित: May 07, 2024| 14:23 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्