शनिबार, जेठ २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कार्यक्रममा हिँडेका बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरमा काठमाडौं ल्याइँदै

कार्यक्रममा हिँडेका बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरमा काठमाडौं ल्याइँदै

 |  मंगलबार, वैशाख २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

vianetvianet

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ​अस्वस्थ भएका छन्। मुख्यमन्त्री ​जम्कट्टेललाई स्वासप्रश्वासमा समस्या देखिएको हो  

उनलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर प्रस्थान गरेको बताइएको छ। मुख्यमन्त्री जम्कट्टेल रामेछापको खानेपानी आयोजना उद्घाटनको सिलसिलामा सिन्धुली पुगेका थिए। बाटैमा समस्या भएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो।

आज मध्याह्न स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सिन्धुलीस्थित आत्मिय सामुदायिक अस्पतालमा लगिएको थियो। अस्पतालले काठमाडौं लैजान भनेपछि हेलिकप्टर मगाइएको हो।

 

प्रकाशित: May 07, 2024| 13:02 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्