मंगलबार, वैशाख १, २०८३

नेपाल लाइफको दुईदिने निःशुल्क स्वास्थ शिविर

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २३ औँ वार्षिक उत्सवको सुखद अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरिएको हो।

National life

उक्त शिविरबाट करिब ५०० जना भन्दा बढी लाभन्वित भएका छन्। शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइल लगायतका विशिष्टीकृत जाँचहरु गरिएको थियो गर्नुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो। कार्यक्रममा कर्मचारी, अभिकर्ता, ग्राहक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतप्रवीण रमण पराजुलीले मानवको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य रहेको र समयसमयमा स्वास्थ्य परीक्षण गराउनु नितान्त आवश्यक रहेको हुनाले शिविर सञ्चालन गरिएको जानकारी गराए। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हाल काठमाडौँमा शिविर सञ्चालन गरिएको र अब आगामी दिनमा नेपालको दूरदराजमा स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत तथा आर्थिक रुपले विपन्न वर्गको स्वास्थ्य परीक्षण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे।

इन्स्योरेन्सले बुआ केयरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। स्वास्थ्य शिविरमा ५०३ जना व्यक्तिहरूले सहभागिता जनाएका थिए , जसमध्ये ४९० जनाले रक्तचाप परीक्षण , ३९३ जनाले लिपिड प्रोफाइल, ३३३ जनाले ईसीजी परीक्षण र ४५० जनाले डाक्टरसँग परामर्श लिएका थिए।

 

kumari

प्रकाशित: May 07, 2024| 12:19 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्