शनिबार, जेठ २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • रुसमा जन्मिएको इन्ड्राइभले औपचारिक रूपमा सुरु गर्‍यो नेपालमा सेवा

रुसमा जन्मिएको इन्ड्राइभले औपचारिक रूपमा सुरु गर्‍यो नेपालमा सेवा

 |  मंगलबार, वैशाख २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

vianetvianet

काठमाडौं- राइड सेयरिङ एप इन्ड्राइभ नेपालमा कम्पनी दर्ता भएर औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नेपालमा कानुनअनुसार दर्ता भएर सेवा सुरू गरेको जनाएको हो।

यसअघि राइडरहरूबाट कमिसन नलिएर सञ्चालनमा रहेको इन्ड्राइभले अब भने कमिसन लिनेछ। कम्पनीले अन्य राइड हेलिङ कम्पनीको तुलनामा कम १० प्रतिशत मात्रै कमिसन लिने बताएको छ। यो शुल्क करसहित भएको र राइडरबाट १० प्रतिशतबाहेक थप रकम नलिने कम्पनीको भनाइ छ।

राइडरहरूले इन्ड्राइभलाई शुल्क तिर्न एपभित्र रहेको वालेट भन्ने अप्सनमा गएर पैसा लोड गर्नुपर्नेछ। आईएमईपेबाट पैसा लोड गरेपछि प्रत्येक राइडबाट कमाएको रकमको १० प्रतिशत रकम काटिनेछ र लोड गरेको पैसा सकिएपछि फेरि लोड गर्नुपर्नेछ।

कार्यक्रममा कम्पनीको एसिया–प्यासिफिक कम्युनिकेसन हेड पवित नन्दा आनन्दले चाहेअनुसारको भाडा तय गर्न सकिने हुँदा इन्ड्राइभ अरुभन्दा फरक रहेको बताइन्। इन्ड्राइभको नेपालका लागि निर्देशक रिता पोखरेलले अब चाँडै नै कम्पनीले यात्रुका लागि बिमा समेत ल्याउने जानकारी दिइन्।

ग्राहक एवं प्रयोगकर्ताका समस्या र गुनासोहरू तत्काल सम्बोधन गरिरहेको उनको दाबी छ। कुनै घटना घटेमा समेत एक घण्टाभित्रमा प्रहरीमार्फत् समाधानको प्रयास थालिरहेको नेपालका लागि इन्ड्राइभकी निर्देशक पोखरेलको भनाइ छ।

National life insurance

इन्ड्राइभका संस्थापक आर्सेन टम्स्की हुन्। रुसको साइबेरिया क्षेत्रमा जन्मेका टम्स्कीले सन् २०१२ मा रुसकै याकुत्स्क सहरबाट इन्ड्राइभ कम्पनी सुरू गरेका थिए। कम्पनी सन् २०१३ देखि औपचारिक रूपमा सुरू भएको थियो। हाल अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको कम्पनीले ४५ देशका ७०० भन्दा बढी देशमा सेवा दिइरहेको छ।

२० करोडभन्दा बढीपटक डाउनलोड भइसकेको इन्ड्राइभ विश्वकै दोस्रो धेरै डाउनलोड हुने राइड तथा ट्याक्सी सेयरिङ एप हो।

 

प्रकाशित: May 07, 2024| 12:19 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्