आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • युद्धविराम अस्वीकार गर्दै इजरायलले सुरु गर्‍यो रफाहमा आक्रमण

युद्धविराम अस्वीकार गर्दै इजरायलले सुरु गर्‍यो रफाहमा आक्रमण

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

गाजा- इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हामासविरुद्ध रफाहमा लक्षित हमला गरिरहेको बताएको हो।

triton college

रफाहमा ठुलो सङ्ख्यामा रहेका शरणार्थीहरूलाई हमला भइरहेको स्थान खाली गरेर अन्य राहत क्याम्पमा जान आईडीएफले भनेको छ। इजरायलले खान यूनिसको एक क्याम्पमा बसिरहेका १ लाख मानिसहरूलाई त्यहाँबाट निस्कन आदेश दिएको छ।

रफाहमा हमला सुरु गरिरहँदा इजरायलले हमासको युद्धविरामको प्रस्ताव मान्न अस्वीकार गरेको बीबीसीले जनाएको छ। तर यसबारे थप छलफल गर्न एउटा प्रतिनिधिमण्डललाई कायरो पठाउने तयारी भइरहेको इजरायलको भनाइ छ। प्रस्ताव आफ्ना मागहरूभन्दा धेरै टाढा रहेको इजरायलले बताएको छ।

हमासको प्रस्तावमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेका छन्। हालसम्म प्रस्तावमा के–कस्ता बुँदाहरू छन् भन्ने जानकारी सार्वजनिक गरिएको छैन। प्रस्तावमा इजरायली बन्धकलाई छाड्ने र बदलामा इजरायलको जेलमा बन्द प्यालेस्टिनी कैदीहरूलाई छाड्ने प्रस्ताव हुन सक्ने आङ्कलन गरिएको छ। 

प्रकाशित: May 07, 2024| 10:05 मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्