शुक्रबार, जेठ १, २०८३

सकिरामाथि ११८ करोड डलर कर छलेको आपोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
स्पेन – कोलम्बियाकी चर्चित गायिका सकिराको गायन क्षेत्रमा विशेष पहिचान छ। गायनमा मात्र होइन, नृत्य र अन्य प्रस्तुतिमा पनि उनी अब्बल छिन्। यी चर्चित गायिका सकिरामाथि यति बेला कर छलेको आरोप लागेको छ। यो आरोपले उनको लोकप्रियतासमेत घट्न पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

स्पेनले सकिरामाथि १४.५ मिलियन (११८ करोड डलर) कर छलेको आरोप लगाएको हो। साकिरा २०१५ मा बहमासबाट बार्सिलोना (स्पेन) आएर बसेकी हुन्। उनी २०१३ देखि २०१४ सम्म स्पेनमै रहेका कारण त्यतिबेला कमाएको रकमको कर स्पेन सरकारलाई नै तिर्नुपर्ने स्पेनको भनाइ छ। 

दक्षिण अमेरिकाकी यी गायिकाको सुरुवातका गीत त्यति चर्चित थिएनन्। १९९८ मा स्पेनिस संगीतमा फड्को मारेपछि उनको उचाइ निकै माथि पुगेको हो। 

उनका ‘Whenever, whereever’ र ‘Hips don't Lie’ बोलका गीत संसारका धेरै श्रोताले मन पराएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्