सोमबार, असार १०, २०८१

himalayan bankhimalayan bank

आईपीएलमा हैदराबादविरुद्ध मुम्बईको सहज जित

 |  मंगलबार, वैशाख २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २५, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै पराजित गरेको छ। सोमबार राति भएको खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो।

triton college

१७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतक मद्दतमा १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्‍यो । सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे ।

तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्मालाई भने मुम्बइले सस्तैमा गुमाएको थियो । इशन किशन ९ र रोहित ४ रनमै आउट भएका थिए ।

हैदराबादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

Metro Mart

मुम्बईका हार्दिक पन्ड्या र पियुस चावलाले तीन/तीन,  अंशुल कम्बोज र जस्पृत बुम्राहले एक/एक विकेट लिए ।

यो जितसँगै मुम्बई ८ अंकका साथ अंकतालिकाको नवौं स्थानमा छ भने पराजित भएको हैदराबाद १२ अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित: May 07, 2024| 06:47 मंगलबार, वैशाख २५, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्