आइतबार, भदौ २९, २०८२

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

 |  सोमबार, वैशाख २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

vianetvianet

गण्डकी- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा (एमाले) का वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन्। 

Kumaribank

नवनियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरा सभागृहमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ खुवाए। मुख्यमन्त्री अधिकारीले आइतबार मात्रै प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका थिए।

गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ र आर्थिक मामिला मन्त्रीमा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानलाई नियुक्त गरेका थिए।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री अधिकारी, सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापा, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्चपदस्थ अधिकारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो। प्रदेश सरकारमा सात वटा मन्त्रालय रहेकामा मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै बाँकी छ।

प्रकाशित: May 06, 2024| 20:34 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्