बिहीबार, असार ४, २०८३

आईपीएलमा लखनउमाथि कोलकाताको सहज जित

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

काठमाडौँ- जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई ९८ रनले पराजित गरेको छ। यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

National life

कोलकाताले दिएको २३६ रनको लक्ष्य पछ्याएको लखनउ १६.१ ओभरमा १३७ रन बनाउँदै अलआउट भयो। मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाए। कप्तान केएल राहुलले २५, एस्टन टर्नर १६, आयुश बदोनी १५ रन र निकोलस पुरनले १० रन बनाए।

कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले तीन/तीन, आन्द्रे रसले २, सुनिल नारायण र मिचेल स्टार्कले एक/एक विकेट लिए।

पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन बनाएको थियो। सुनिल नारायणले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ८१ रन बनाए। अंगकृष रघुवंशी र फिल साल्टले ३२/३२, कप्तान श्रेयर ऐयरले २३, रमनदीप सिंहले २५ जोडे।

लखनउका नवीन उल–हकले तीन तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले एक/एक विकेट लिए।

Shivam cement

कोलकाताले ११ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा छ। एक खेल कम खेलेको राजस्थान रोयल्सको पनि १६ अंक नै छ।

प्रकाशित: May 06, 2024| 07:47 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्