आइतबार, जेठ ६, २०८१

जसलाई पार्टी जिम्मा लगाएका थिए, उनैले फुटाइदिए

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष अहिले अमेरिकामा छन्। अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव गत शनिबार अमेरिका प्रस्थान गरेका थिए।

triton college

यादव मे ७ अर्थात् यही मंगलबार स्वदेश फर्किने कार्यक्रम छ। आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका थिए। तर चाखलाग्दो कुरा उनै राजेन्द्रले अध्यक्षको अनुपस्थितिमा पार्टी फुटाइदिएका छन्। 

जसपा नेपालबाट विभाजित भएर बनेको 'जसपा'ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। जसपा नेपालकै जस्तो संगठनात्मक संरचना पार्टीको रहनेछ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्। 

पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहनेछन् भने केन्द्रीय अध्यक्षमा अशोक राई हुनेछन्। केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रयाशिल हुने जसपा नेपालको जस्तो अभ्यास यो पार्टीमा पनि हुने बताइएको छ। पार्टीको सहअध्यक्षमा रेणु यादव रहनेछिन् भने उपाध्यक्ष ४ जना रहनेछन्। नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष रहनेछन्। सुशीला अशोक राईकी पत्नी पनि हुन्। 
महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहनेछन्। विभाजित पार्टीमा संघीय संसदका ७ जना सांसद छन्। जसपा नेपालबाट संघीय ससद्‍मा जसपा नेपालका १२ जना सांसद थिए। ७ सांसद विभाजित भएपछि जसपा नेपालको यादव पक्षमा ५ सांसदमात्र बाँकी हुनेछन्।

प्रकाशित: May 05, 2024| 20:49 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्