शुक्रबार, पुस ११, २०८२

अध्यक्ष अमेरिकामा हुँदा फुट्यो जसपा

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

जनता समाजवादी पार्टी विभाजित भएको छ। पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

National life

 उपेन्द्र यादव नेतृत्वको जसपाका संघीय संसद्‍मा १२ जना सांसद छन्। अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघीय परिषद्का अध्यक्ष राईको नेतृत्वमा पार्टी विभाजित भएको हो।

संघीय संसद्का ७ जना सांसदसहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

विभाजित दलमा सहभागी हुनेमा संघीय सांसदहरूमा अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन्। ७ सांसद विभाजित भएपछि जसपा नेपालको यादव पक्षमा ५ सांसदमात्र बाँकी हुनेछन्।

राईको नेतृत्वमा गठित पार्टीको नाम 'जसपा' मात्र राखिएको छ। स्वास्थ्य मन्त्रीसमेत रहेका जसपा अध्यक्ष यादव भने अहिले अमेरिकामा छन्। अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव गत शनिबार अमेरिका प्रस्थान गरेका थिए।

Laxmi sunrise bank
kumari

यादव मे ७ अर्थात् यही मंगलबार स्वदेश फर्किने कार्यक्रम छ। आफ्नो अनुपस्थितिमा अध्यक्ष यादवले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका छन्।
 

प्रकाशित: May 05, 2024| 17:49 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्