आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि मुक्तिनाथ विकास बैंक र केयूबीच सहकार्य

ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि मुक्तिनाथ विकास बैंक र केयूबीच सहकार्य

 |  आइतबार, वैशाख २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

vianetvianet

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालय (केयू)सँग सहकार्य गरेको छ।

एक कार्यक्रमबीच बैंकले काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापा तथा दुवै संस्थानका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

हाल ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्नेछ। यस सहयोगबाट नेपालमा रहेको प्राकृतिक स्रोतको असीमित सम्भावनालाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ।

प्रकाशित: May 05, 2024| 16:35 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्