आइतबार, जेठ ६, २०८१

स्वरुपराजको स्वरमा 'सम्हालेर राखेको छु' सार्वजनिक

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- सुरेन्द्र दियालीको ‘सम्मालेर राखेको छु’ बोलको गीत सार्वजनिक भएको छ। गायक स्वरुपराज आचार्यको स्वर रहेको गीतमा नवीन कार्कीको संगीत छ। 

triton college

व्यापार र अभिनयमा सक्रिय गीतकार सुरेन्द्रले आफ्नै परिवेशको कथालाई गीतका शब्दमा उन्ने कोसिस गरेको बताएका छन्। जातीय र वर्गिय विभेदका कारण प्रेम गर्ने जोडीहरूमा परेको प्रभाव गीतले समेटेको छ। 

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ। नायिका तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले अभिनय गरेका छन्। 

उत्तम हुमागाइँको छायांकन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका छन्। 

प्रकाशित: May 05, 2024| 14:28 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्