शनिबार, जेठ ५, २०८१

बुटवलमा ई-ड्राइभ लुम्बिनीको सेवा सुरू

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- ई-ड्राइभ लुम्बिनीले रूपन्देहीबाट ट्याक्सी तथा बाइकहरूको अनलाइन सेवा सुरू गरेको छ। काठमाडौंबाट सेवा दिइरहेको ई-ड्राइभ नेपालसँगको सहकार्यमा लुम्बिनीले रूपन्देहीको भैरहवा र बुटवलबाट सेवा सुरू गरेको हो।

triton college

ई-ड्राइभ लुम्बिनीको बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले शुभारम्भ गरेका हुन्। ई-ड्राइभ सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री महराले प्रविधिको विकासले ल्याएको परिवर्तनलाई भरपुर सदुपयोग गर्नुपर्ने बताए।

'गोरुगाडा र टाँगाबाट सुरू भएको यातायात अहिले विद्युतीय गाडीसम्म आएको छ यसको भरपुर सदुपयोग गर्नुपर्छ,' मुख्यमन्त्री महराले भने। उनले नाफाको साथमा सेवालाई मुख्य केन्द्रमा राखेर व्यवसाय चलाउन आग्रह गरे।

महराले यात्रुको सुरक्षाको लागि बीमा अनिवार्य गर्न आग्रह गरे। मुख्यमन्त्री महराले मान्छेको जीवनको गति सँगै विज्ञान र प्रविधिको गति पनि सँगसँगै आइरहेको र यसले मानिसको जीवनलाई सहज बनाइदिएको बताए।

ई-ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले भैरहवा र बुटवलबाट एकैपटक सेवा सुरू गरिएको जानकारी दिए। बुधबार पाँचवटा विद्युतीय गाडी सहित सेवा सुरू गरिएको र आगामी दिनमा गाडीहरू थप गर्दै जाने गुप्ताले बताए।

corrent noodles
Metro Mart

पेट्रोल र डिजलको नाममा नेपालको धन विदेश पठाउनुपर्ने बाध्यता र वातावरणमा समेत प्रतिकूल असर परिरहेको अवस्थामा ई-ड्राइभले वातावरण प्रदूषण हुनबाट जोगाउन थोरै भए पनि सघाउ पुर्याउने बताए।

ई-ड्राइभ नेपालले विगत ६ महिनादेखि काठमाडौंमा सेवा दिँदै आएको छ। ई-ड्राइभ लुम्बिनीले बुटवल र भैरहवादेखि कपिलवस्तु, नवलपरासी र पाल्पासम्म सेवा दिने गुप्ताले बताए। गुप्ताले नेपालमै तयार भएको राइड सेयरिङ एप र मुख्यगरी विद्युतीय गाडी, मोटरसाइकल र स्कुटरलाई प्राथमिकतामा राखेर सेवा सुरू गरिएको जानकारी दिए। बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले एपको सहजताको लागि ध्यान पुर्याउन आग्रह गरे।

प्रकाशित: May 05, 2024| 13:50 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्