आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • युपिआईमार्फत सञ्चालित फोनपे भारतका भुक्तानी सेवाको प्रदर्शनी

युपिआईमार्फत सञ्चालित फोनपे भारतका भुक्तानी सेवाको प्रदर्शनी

 |  आइतबार, वैशाख २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

vianetvianet

काठमाडौं- फोनपे भारतले काठमाडौंमा युपिआई प्लेटफर्मबाट सञ्चालित आफ्ना भुक्तानी सेवाहरूको प्रदर्शनी गरेको छ।

नेपालका वित्तीय क्षेत्रका प्रमुख सरोकारवाला तथा व्यापारिक क्षेत्रका प्रतिनिधि सहभागी रहेको उक्त कार्यक्रममा अन्तरदेशीय क्युआर भुक्तानीका सम्बन्धमा प्रविधि प्रदर्शनी एवं छलफल भएको छ।

नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्कले यस कार्यक्रमलाई सहयोग गरेको थियो। फोनपे नेटवर्कले नेपाल–भारत अन्तरदेशीय युपिआई अन्तरआवद्धताका लागि एनआइपिएलसँग साझेदारी गरेको छ।

सोही कार्यक्रममा आयोजित प्यानल छलफलमा नेपालको डिजिटल अर्थतन्त्र र वित्तीय क्षेत्रमा यूपीआईको सम्भावना र प्रभावबारे चर्चा गरिएको थियो।

यसबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र नगदरहित भुक्तानीहरूलाई सहजीकरण गर्ने विश्वास लिइएको छ।

National life insurance

सो अवसरमा फोनपे भारतका कार्यकारी अधिकृत रितेश पाईले फोनपेको यात्रा र यूपीआई सञ्चालित भुक्तानी प्रणालीको विकासबारे प्रस्तुति दिएका थिए। प्रस्तुतिमा भारतीय पर्यटक र नेपाली व्यापारी दुवैलाई फाइदा हुने समाधानलाई उजागर गरिएको थियो।

केही समयअघि मात्रै फोनपे भारत र नेपालको फोनपे नेटवर्कबीच नेपाल–भारत अन्तरदेशीय युपिआई अन्तरआवद्धताका लागि साझेदारी भएको थियो। यसबाट भारतीय पर्यटक र नेपाली व्यापारी दुवैलाई फाइदा पुग्ने बताइएको छ।

अब, भारतीय पर्यटकहरुले नेपालमा फोनपे क्युआर भएका स्थानमा यूपीआई आधारित एपबाट क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन्। यसले नेपाल र भारतबीचको पर्यटन र व्यापारलाई थप सहज बनाउने जानकारी दिइएको छ।

 

प्रकाशित: May 05, 2024| 13:33 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्