सोमबार, भदौ ८, २०८३

सेल्सबेरी अब महाराजगञ्जको अत्याधुनिक भवनमा

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई मूलमन्त्र बनाई विगत ३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा सञ्चालित सेलवेज ग्रुप अर्न्तगतको सेल्सबेरी अब काठमडौंको महाराजगञ्जमा अध्याधुनिक भवनबाट सञ्चालनमा आएको छ।

सन् २०२६ सम्म १०० वटा शाखा विस्तार गरी २,००० जनशक्तिलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको सेल्सबेरीको नयाँ भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको विश्वस्तरीय रेष्टुरेण्टसहित स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरिय सामानहरु उचित मुल्यमा उपलब्ध हुनेछन्।

अत्याधुनिक भवनमा ४ तल्ला बेसमेन्ट पार्किङ छ। भुई तल्ला देखि छैठौं तल्लासम्म डिपार्टमेण्टल स्टोर सञ्चालन हुनेछ। सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहने कम्पनीले जनाएको छ।

नवौं, दसौं तथा एघारौं तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार सञ्चालन हुनेछ। बाह्रौं तल्लामा स्वीमिंङ पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा संचालन हुनेछ। उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डिग्रिमा दृस्यावलोकन गर्न सकिनेछ।

'उक्त अत्याधुनिक भवनमा सेल्सबेरी ब्रान्ड मार्फत् चेन डिपार्टमेण्टल स्टोरको रुपमा सञ्चालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट सपिङ डेस्टीनेशन हुने विश्वास हामीले लिएका छौं' कम्पनीद्वारा जारी विज्ञप्तिमा छ। यसै गरि सेल्सबेरीले अर्को शाखा कालिमाटी, काठमाडौंमा अवस्थित कालिमाटी ट्रेड सेन्टरमा पनि सञ्चालनमा ल्याएको छ।कम्पनीले यसै आर्थिक वर्षको अन्त्य सम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याउने र हरेक वर्ष सानो, मध्यम तथा ठूलो स्तरको १०/१५ वटा सम्म शाखा विस्तार गर्ने लक्ष्य लिएको छ।

महाराजगंज, काठमाडौंको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको सुरूवातको अवसरमा कम्पनीले ग्राहकहरूका लागि पुरस्कारको व्यवस्था गरेको छ।

 

प्रकाशित: May 05, 2024| 13:31 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्