मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पृथ्वी दिवसको उपलक्ष्यमा सिद्धार्थ बैंकका विभिन्न कार्यक्रम

पृथ्वी दिवसको उपलक्ष्यमा सिद्धार्थ बैंकका विभिन्न कार्यक्रम

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

काठमाडौं- सिद्धार्थ बैंकले पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।

National life

बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने र वातावरणीय समस्याहरूको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरूका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी  पृथ्वी दिवस मनाएको हो।

बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना गरेको थियो।

सरसफाई कार्यक्रम अन्तर्गत बैंकले देशको सातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साथै, बैंकले बालबालिकाहरूलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरूको बारेसचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा ‘प्लानेट भर्सेस प्लास्टिक’ मा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो।

kumari

यस्ता कार्यक्रमहरूले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदुषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाइ जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्ने बैंकले विश्वास लिएको छ।

बैंकले १९६ वटा शाखा (५ वटा एक्सटेन्सन काउन्टर सहित), ७३ शाखारहित बैंकिङ सेवा र २२६ वटा एटिएममार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 

प्रकाशित: May 05, 2024| 13:30 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्